प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ ।
आजको बैठकमा सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै, अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् ।
आजकै बैठकमा परराष्ट्र मन्त्री एनपि साउदले ‘विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव’ पेश गर्ने पनि कार्यसूची छ।
ताजा अपडेट
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
प्रतिक्रिया