चर्चित टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको निधन, बाथटबमा शव फेला
काठमाडौं । चर्चित अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ ।
उनको ५४ वर्षको उमेरमा निधन भएको अमेरिकी सञ्चार माध्यामले जनाएका छन् । पेरीको शव लस एन्जलसस्थित उनको घरमा भेटिएको प्रहरीले मिडियालाई जानकबारी गराएको छ ।
म्याथ्यु पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम ‘फ्रेन्ड्स’मा चन्डलर बिङको चर्चित पात्र निभाएका थिए । न्यूयोर्क शहरमा बस्ने छ जना युवा साथीहरूको जीवनमा आधारित यो टिभी कार्यक्रम सन् १९९४ देखि २००४ सम्म प्रसारण भएको थियो ।
२००० को दशकमा यसको अन्तिम एपिसोड २५.५ करोड मानिसहरूले हेरेका थिए । यो दशकमा सबैभन्दा धेरै हेरिएको टिभी कार्यक्रम रहेको थियो । लस एन्जलस टाइम्स र टीएमजीलेका अनुसार म्याथ्यूको शव बाथटबमा फेला परेको थियो।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया