राजविराजमा पन्ध्र दिने मेला सुरु
राजविराज । दसैँ तथा शुभदिपावलीको अवसरमा पन्ध्र दिने सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेला सोमबारदेखि सुरू भएको छ राजविराजस्थित राजरङ्गशाला खेलमैदानमा सप्तरी युथ नेपालले आयोजना गरेको सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउन ३० भन्दा बढी स्टल रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिए ।
मेलासँगै सांस्कृतिक कार्यक्रम तथा रोटे पिङ्ग, ब्रेक डान्स, नाचसहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धनसम्बन्धी स्टल रहने मेला समिति संयोजक सतेन्द्र यादवले बताए।
यसैगरी मेलामा मिथिलाको संस्कृति, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सवका साथै विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल पनि रहेको छ ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयोजक यादवले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने बताए ।
मेलामा हरेक दिन विभिन्न ब्याण्डको प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुने उनको भनाइ थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया