NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अख्तियारद्वारा दुई ठूला मुद्दाको सर्वाेच्चमा पुनरावेदन

काठमाडौं । दुई ठूला भ्रष्टाचारका मुद्दामा बिशेष अदालतले गरेको फैसला चित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन र गैरकानुनी लाभसम्बन्धि भ्रष्टाचार मुद्दामा बिशेषविरुद्ध अख्तियार सर्वाेच्च गएको हो ।
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा यातायात कार्यालयका नासु सुरेश अधिकारी र उनका परिवारविरुद्ध हो । नासु अधिकारीको पाँच करोड १० लाख अवैध सम्पत्ति रहेको अभियोगमा मुद्दा दायर भएको थियो । जसमा बिशेषले गत १७ चैतमा आंशिक दावी पुग्ने फैसला गरेको थियो । त्यसविरुद्ध सर्वाेच्चमा पुनरावलोकन भएको हो ।

त्यस्तै, गत १० चैतमा अख्तियारले जग्गा हिनामिनासम्बन्धि मुद्दाको फैसला गरी आंशिक ठहरको फैसला गरेको थियो । मालपोत कार्यालय परासीका तत्कालिन मालपोत अधिकृत मनोहर प्रसाद पन्थी, नासु जीवलाल भुषाल र कम्प्युटर अपरेटर एलाल खानलाई १० महिना कैद र १८ लाख ६६ हजार जरिवानाको फैसला भएको थियो ।

त्यस्तै यादबप्रसाद भण्डारी, दीपक सुनार, सुदन श्रेष्ठलाई ६ महिना कैद र सुरेन्द्रराज पौड्याललाई सफाईको फैसला भएको थियो । ६ जनालाई न्युन सजाय भएको र एक जनालाई पर्याप्त प्रमाण हुँदा पनि सफाई दिइएको भन्दै अख्तियार सर्वाेच्च पुगेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष