एआईको साथमा उद्योगलाई पुन : आकार दिँदै ह्वावे क्लाउड

काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ भन्ने बारेमा चर्चा गरेका छन् ।
उनले श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरेका छन् ।
एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ ।
‘ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ’ उनले भने, ‘पंगु मोडलहरूमा नयाँ आविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं ।’
५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागि आवेदन दिएका छन् ।
एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउँछ । विशेष गरी, यसमा मुख्य धाराका एआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ ।
त्यसैले डेभलपरले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षितमोडेलहरू सहितस्थानान्तरण गर्न सक्छन् ।
यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनि उच्च दक्षताको यात्रामा लैजाने ह्वावेकाे विश्वास छ ।
ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओे (Pangu LO) फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ ।
प्रतिक्रिया