NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

बालबालिकालाई बचत खाता खोल्दिने सोचमा हुनुहुन्छ ? विभिन्न बैंकका यी खाता उपयुक्त हुनसक्छन्

काठमाडौं । आफ्नो सन्तानको सुनौलो भविष्यको बारेमा कुनचाहिँ बाबुआमालाई चिन्ता हुँदैन ? आफ्नो सन्तानको भविष्यको बारेमा सोच्नु हरेक अभिभावको जिम्वेवारी र  दायित्व पनि हो, ताकि भविष्यमा गएर सन्तानले कुनैपनि दुख नपाओस् ।

भविष्यमा आफ्नो सन्तानलाई गुणस्तरीय शिक्षाको योजना बनाउन र भैपरीआउने कुनै पनि कार्यको लागि अहिलेबाटै केही गरिदिउँ भन्ने सोच,चाहाना हरेक बाबुआमाको हुने गर्छ । बाबुआमाले सानैबाट छोराछोरीको निम्ति बचत गर्ने योजना राख्ने गर्छन् । यसका लागि कुनैपनि वित्तिय संस्थामा खाता खोलेर रकम जम्मा गर्न चाहान्छन् ।

तर कुन वित्तिय संस्था, कहाँ कसरी गर्ने भन्ने कुरामा सही निर्णय गर्न सकिरहेको हुँदैन । साथै कतिपय बाबुआमालाई बालबालिकाका लागि बचत खाता कुन बैंकमा कस्तो सुविधा छन् भन्ने बारेमा जानकारी नहुन सक्छ । बालबालिकाको नाममा बचत गर्नेबारे सोचिरहेका अभिभावकले यी बैंकमा गएर वचत खाता खोल्न सक्नेछन् ।

१.केटाकेटी बचत खाता

बालबालिकाको भविष्यको लागि सोच्दै गरेका बाबुआमाको लागि नेपाल इन्भेष्टमेन्ट बैंकले सञ्चालमा ल्याएको केटाकेटी बचत खाता उपयुक्त हुन सक्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बालबालिकालाई भविष्यमा पैसा जम्मा गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यसहित बालबालिकालक्षित केटाकेटी बचत खाता सञ्चालन गरिरहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस खातामा १८ वर्षभन्दा मुुुनिका बालबालिकाले बचत गर्न सक्छन् । सन्तानको भविष्य उज्वल चाहाने जोकोही अभिभावकले नेपाल इन्भेष्टमेन्टमा केटाकेटी बचत खाता खोलेर बालबालिकालाई आर्थिक सुरक्षाको महत्व सिकाउँदै उनीहरुको आर्थिक भविष्य बलियो बनाउन सक्नेछन् ।

विशेषताहरु :

यो खाता खोल्दा सुरुमा बच्चाको नाममा न्युनतम एक सय रुपैयाँ रकम जम्मा गर्न सकिन्छ । खाता खोल्दा बैंकले चेक बुक, डेबिट कार्ड निशुल्क उपलब्ध गराउँदै आएको छ । खाता खोलेदेखि एक वर्षसम्म मोबाइल बैंकिङसमेत निशुल्क रहेको छ । यस खातामा वार्षिक बैंकले ५.५ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ ।

२.नबिल बालबचत खाता

सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउने उद्देश्यसहित नबिल बैंकले सञ्चालना ल्याएको नबिल बालबचत खाता बालबालिका लागि उपयुक्त छनोट हुन सक्छ ।

विशेषताहरु :

१८ वर्षभन्दा मुनिका बालबालिकाले यो खाता खोल्न सकिन्छ । यस खातामा बैंकले वार्षिक ५ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । साथै बैंकले खाता खोल्दा चेक बुक, अकाउन्ट स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट निशुल्क उपलब्ध गराउँदै आएको छ । साथै खाता खोलेदेखि एक वर्षसम्मको लागि एन बैंक (मोबाइल बैंकिङ) इन्टरनेट बैंकिङ पनि निशुल्क रहेको छ ।

३.सिटिजन्स मुना बचत

१६ वर्षभन्दामुनिका बालबालिकाका लक्षित सिटिजन्स बैंकले ल्याएको यो योजनामा शुन्य मौज्दातमा खाता खोल्न सकिन्छ । यसमा नेपालभर र भारतमा पनि प्रयोग गर्न मिल्ने सिटिजन्स एनपिआर भिसा कार्ड सुविधा पनि उपलब्ध रहेको छ  । यस खाताको प्रमुख उद्देश्य पनि भविष्यको लागि वचत गर्नु हो ।

विशेषताहरु :

खाता खोलेको एक वर्षसम्म निशुल्क इन्टरनेट बैंकिङ, डेविड कार्ड उपलब्ध रहेको छ । त्यस्तै दैनिक मौज्दातमा ब्याज हिसाब हुने तथा त्रैमासिक रुपमा भुक्तान हुने, नेपाल र भारतभर प्रयोग गर्न सकिने सिटिजन्स एनपिआर डेविड कार्ड उपलब्ध हुने बैंकले जनाएको छ । यसबाहेक सिआस्वा सेवा,एबिबिएससमेत निशुल्क रहेको छ ।

४.कुमारी ट्वीकंल स्टार बचत खाता

कुमारी बैंकले सञ्चालनमा ल्याएको यो खाता शून्य मौज्दातमा खोल्न सकिन्छ । बैंकले यो खातामा वार्षिक ५.५ प्रतिशत ब्याजदर प्रदान गरेको छ । खाता खोल्दा चेकबुक, बैंक स्टेटमेन्ट निशुल्क उपलब्ध रहेको छ ।  नेपाल र भारतभर प्रयोग गर्न सकिने भिसा डेविड कार्डका साथै मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको पनि सुविधा रहेको छ । यसबाहेक यो खाताको विशेषता भनेको १८ वर्ष पुगेपछि शैक्षिक कर्जाका लागि प्रोसेस गर्न सकिने सुविधा रहेको छ ।

५. ग्लोबल बालबालिका बचत खाता

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्याएको ग्लोबल बालबालिका वचत खाता बालबालिकालाई वचत गर्न प्रोत्साहित गर्न एक सही कदम हुनसक्छ । बैंकले आवश्यकताअनुसार निशुल्क चेक बुक, भिसा डेविड कार्ड प्रदान गर्दै आएको छ । यस खातामा शैक्षिक कर्जाका लागि प्रोसेङि शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको पनि बैंकले जनाएको छ ।

६. बाल बचत खाता

एभरेष्ट बैंकले बालबालिकाको भविष्य सुरक्षित गर्ने लक्ष्यसहित बालवचत खाता सञ्चालन गरिरहेको छ । बैंकले यो खातामा वार्षिक ४.२ प्रतिशत ब्याजदर प्रदान गरेको छ ।

यो खाता उपत्यकाभित्र न्युनतम ५ हजार मौज्दातमा खोल्न सकिन्छ भने उपत्यकाबाहिर पच्चिस सय रुपैयाँमा खोल्न सकिने व्यवस्था छ । बालवचत खातामा पनि अरु बैंकको खातामा भएका सुविधा जस्तै भिसा डेविड कार्ड, चेकबुक सुविधा, इन्टरनेट/एसएमएस बैंकिङ निशुल्क प्रदान गरेको छ ।