NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति अपहरण मुद्दामा पक्राउ

काठमाडौं । राष्ट्रपतिबाट कैद माफी पाइ छुटेका व्यक्ति अपहरण मुद्दामा पक्राउ परेका छन् । मकवानपुरको हेटौंडाका रामचन्द्र थापालाई चितवन प्रहरीले सोमबार पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालीका वडा नम्बर १ बस्ने सोमराज सुवेदीलाई हिन्दी भाषा प्रयोग गरी उनले धम्काएर २५ लाख मागेका थिए । पैसा नदिए छोरासहित हत्या गर्ने धम्की दिइएको थियो । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । भरतपुरकै मालपोत चोकबाट उनी समातिएका हुन् ।


थापा गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कैद माफी पाई छुटेका थिए । उनी २०६६ सालदेखि चोरी, डाँका, लागु औषध लगायत मुद्दामा चार पटक पक्राउ परेका व्यक्ति हुन् ।