एमालेको चियापान माधव नेपालद्वारा ‘बहिष्कार’, रामकुमारीको चर्चा

काठमाडौं । नेकपा(एमाले)ले बुधबार आयोजना गरेको चियापानमा ठूला नेताहरूको जमघट भएको छ । हरेक वर्ष चाडपर्वको अवसरमा आयोजना गरिएको चियापानमा सबै पार्टीका शीर्ष नेता पुगेका थिए ।
कार्यक्रममा एमालेले आफुबाट फुटेको नेकपा(एकीकृत समाजवादी)लाई पनि बोलाएको थियो । सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल भने सहभागी भएनन् । उनी बुधबार बिहान गृहजिल्ला रौतहट गएका थिए । कार्यक्रम ‘बहिष्कार’ गर्न नै उनी त्यसरी रौतहट गएको बताइन्छ । महासचिव घनश्याम भुषाललाई पनि निम्तो रहेकोमा उनी पनि अनुपस्थित थिए ।
समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेतृ रामकुमारी झाँक्री भने चियापानमा उपस्थित थिए । नेतृ झाँकि पुष्पगु्च्छासहित ओलीलाई भेटेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । ओली आफैंले पनि प्राथमिकताका साथ सो फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् । सो फोटो राख्दै एमाले कार्यकर्ताले पुराना कुरा बिर्सिएर पार्टीमा फर्कन आग्रह गरेका छन् । रामकुमारी आफैंले पनि शेयर गरेकी छिन् । उनी पछिल्लो समय पार्टीमा पनि सन्तुष्ट नरहेको बताइन्छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया