आज समूह चरणको अन्तिम खेल, नेपाल र ओमान भिड्दै
काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ। समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। सफलता हात पार्ने टोली समूह विजेता बन्नेछ ।
नेपाल, यूएई र ओमन ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रका शीर्ष तीन दाबेदार राष्ट्र हुन् । तर, आठ राष्ट्र सहभागी एसिया क्षेत्रको छनोटबाट शीर्ष दुई टोलीमात्र फाइनल पुगेर विश्वकपमा पुग्नेछन् । बिहीबार समूह चरणको खेल सकिएपछि शुक्रबार नै कीर्तिपुर र मूलपानीमा दुई सेमिफाइनल खेल हुनेछ, जसले विश्वकपमा पुग्ने टोली तय गर्नेछ ।
समूह चरणको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।
उता, ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया