एनआइसी एशिया बैंकको नाफा ४२ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन-असोज) मा एनआइसी एशिया बैंकको नाफामा कमी देखिएको छ ।
बैंकको नाफा तीन महिनाको अवधिमा ४२.४८ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
नाफासँगै बैंकको खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । त्यस्तै सञ्चालन नाफा सञ्चालन नाफा ३८.९४ प्रतिशतले घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमासिकसम्ममा बैंकले ३ खर्ब ६३ अर्ब ६४ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै २ खर्ब ९४ अर्ब ९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर प्रतिसेयर आम्दानी २६.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया