स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रमा जाँदै प्रधानमन्त्री
काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ जाने तयारीमा छन् ।
उनका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेका हुन् । स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
‘प्रचण्ड’ ले भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको विवरणहरु आएका छन् ।
घाइते भएकाहरूको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन, हेलिकप्टर पठाउने तयारी
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया