सरकारका नीतिले किन काम गर्दैनन् ? निराशा किन बढ्यो ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा सरकारका विद्यमान नीतिले काम गर्न नसक्नु र बढ्दो निराशाका विषयमा छलफल गरिएको छ ।
विशेषगरी संघीयता आइसकेपछि नीतिमा हुनुपर्ने परिमार्जनका विषयमा कार्यक्रम प्रस्तोता डा विष्णुराज उप्रेतीले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र प्रा. डा योगेन्द्र गुरुङसँग संवाद गरेका छन् ।
दलका नेताहरू क्रान्ती गर्न सफल भएपनि त्यसपछि सामाजिक रुपान्तरणका लागि आवश्यक पूर्वाधारका लागि केही गर्न नसकेको पूर्वमुख्यमन्त्री गुरुङको बुझाइ छ ।
व्यवस्था परिवर्तन पछि नीति भने उही रहेका कारण प्रभावकारिता नभएको उनले बताए । ‘नीतिलाई डिपार्चर गर्नुपर्ने थियो । मेरै पार्टीले पनि गर्न सकेन,’ उनले भने ।
प्रा.डा गुरुङले पार्टीहरूले संघीयताको अपनत्व नै नलिएको टिप्पणी गरे । एउटा सरकारले बनाएको विधेयक अर्को दलले विरोधमात्रै गर्ने परिपाटीले पनि यसको पुष्टि गर्ने उनको बुझाइ छ । बनाउनुपर्ने नीति, नियम र ऐनमै सबैको उत्तिकै चासो र सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।
उनीहरूबीच भएको संवादको पूरा भिडियो यहाँ हेर्न सक्नुहुनेछ :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया