सरकारका नीतिले किन काम गर्दैनन् ? निराशा किन बढ्यो ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा सरकारका विद्यमान नीतिले काम गर्न नसक्नु र बढ्दो निराशाका विषयमा छलफल गरिएको छ ।
विशेषगरी संघीयता आइसकेपछि नीतिमा हुनुपर्ने परिमार्जनका विषयमा कार्यक्रम प्रस्तोता डा विष्णुराज उप्रेतीले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र प्रा. डा योगेन्द्र गुरुङसँग संवाद गरेका छन् ।
दलका नेताहरू क्रान्ती गर्न सफल भएपनि त्यसपछि सामाजिक रुपान्तरणका लागि आवश्यक पूर्वाधारका लागि केही गर्न नसकेको पूर्वमुख्यमन्त्री गुरुङको बुझाइ छ ।
व्यवस्था परिवर्तन पछि नीति भने उही रहेका कारण प्रभावकारिता नभएको उनले बताए । ‘नीतिलाई डिपार्चर गर्नुपर्ने थियो । मेरै पार्टीले पनि गर्न सकेन,’ उनले भने ।
प्रा.डा गुरुङले पार्टीहरूले संघीयताको अपनत्व नै नलिएको टिप्पणी गरे । एउटा सरकारले बनाएको विधेयक अर्को दलले विरोधमात्रै गर्ने परिपाटीले पनि यसको पुष्टि गर्ने उनको बुझाइ छ । बनाउनुपर्ने नीति, नियम र ऐनमै सबैको उत्तिकै चासो र सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।
उनीहरूबीच भएको संवादको पूरा भिडियो यहाँ हेर्न सक्नुहुनेछ :
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया