माओवादीले गर्यो टिकटकर शान्ति बराललाई कारबाही
काठमाडौं । टिकटकर शान्ति बराललाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ ।
माओवादी सैनामैना नगर समितिले विज्ञप्ति निकाल्दै उनीमाथि अनुशासनको कारबाही गरेको जनाएको छ । उनलाई समितिले सम्पूर्ण जिम्मेवारीबाट हटाएकाे विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीको सांगठित जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको कारणसमेतले निज शान्ती बराललाई नेकपा माओवादी केन्द्रको पार्टी संगठन मातहातका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्यसमेतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
टिकटकमा विवादित तथा अश्लील गतिविधि देखाएर बराल पछिल्लो समय आलोचित भइरहेकी थिइन् । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया