NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

श्रीमतीलाई खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा निवेदन !

काठमाडौं । श्रीमतीको हत्या गरी शव खाल्डोमा खनेर खोजिदिन भन्दै प्रहरीमा उजुरी दिने युवक पक्राउ परेका छन् ।
काठमाडौंको शंखरापुर–२ का ३४ वर्षिय लालु विकलाई प्रहरीले पक्राउ गरेको हो ।

एक महिनाअघि उनले श्रीमती गोपी विकको हत्या गरेका हुन् । हत्यापछि उनले प्रहरीमा उजुरी दिएका थिए । घटना जेठको भएकोमा फरार रहेका विक दुई साताअघि पक्राउ परेका हुन् ।

प्छि भारत भागेका प्रहरीले उनलाई निरन्तर पिछा गरिरहेको हुन्छ । गत ५ कात्तिकमा पत्ता लाग्छ–उनी नेपाल आएका छन् । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ । सोधपुछ गर्दा उनले धेरै समय ढाट्न सक्दैनन् । आफुले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको स्वीर्काछन् ।

बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोलीले उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ । जहाँ खन्दा गोपीको शव फेला पर्छ । पाँच फिट गहिरो खाल्डोम पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोष्टमार्टमका लागि पु¥याउँछ । घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाँडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारी बताउँछन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन् । हत्यापछि शव बोरामा बाँधेर मोटरासइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले शव गाडेका थिए । घटना लुकाउन शव बेपत्ता बनाउने उदेश्यले त्यसले गाडेका थिए । पछि डराएर भारत गए । नोयडास्थित एक होटलमा एक महिना काम पनि गरे । पछि दशैंमा नेपाल आउँदा उनी पक्राउ परेका हुन् ।

सुरुमा उनले घटना लुकाउन खोजेपनि प्रहरी अनुसन्धानपछि उनले वास्तविकता बताएका हुन् । घटनाको चार महिनापछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ । बयानमा पनि उनले अपराध स्वीकार गरेका छन् ।