प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भूकम्प प्रभावितबारे छलफल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुनेछ ।
यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८३ बालबालिका छन् भने साढे ३ सय जना घाइते भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा सरकारको घोषित नीतिअनुसार राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गरिएको छ ।
सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया