NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

शैक्षिक बेरोजगार कम गर्न के गर्दैछ स्किल्स ल्याब ?

काठमाडौं । शिक्षा हासिल गरेपछि के काम गर्ने ? पढाई अनुसारको काम किन पाइदैंन ? हिजोआज यो आम युवावर्गको जिज्ञासा हो ।

अर्कोतर्फ संस्थाहरूले भनेजस्तो जनशक्ति पाइएन भन्ने गुनासो पनि उत्तिकै छ । स्क्ल्सि ल्याबले संस्थाहरूले खोजेजस्तो जनशक्ति नपाउने र युवाहरू शैक्षिक बेरोजगार हुन नपर्ने अवस्थाबीचको ‘ग्याप’ मेटाउने प्रयार गरिरहेको छ ।

स्किल्स ल्याबका संस्थापक नन्दकिशोर मण्डलका अनुसार संस्थाले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म काममा अनुभव नै नभएका दुई हाजर पाँच सय जनालाई रोजगारसँग जोड्ने गरेको छ ।

उनका अनुसार अहिले सबैभन्दा धेरै जनशक्ति खोज्ने क्षेत्र सूचना प्रविधि नै हो । दोस्रोमा सेवा क्षेत्र भएको उनले बताए । त्यसपछि शिक्षा क्षेत्र भएपनि यसम खासै कसैको ध्यान नभएको अवस्था छ ।

उनै मण्डलसँग यसपटकको एजुकेसन डायलगमा रोजगारी र अवसरलाई नेपालको शिक्षा प्रणालीसँग जोडेर छलफल गरिएको छ । कार्यक्रम प्रस्तोता नरोत्तम अर्याल र मण्डलबीच भएको पूरा संवाद तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।