मुगुको सामूहिक हत्याकाण्डका दुई आरोपी पक्राउ

काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । प्रहरीले गोर्ख बहादुर शाही र गोपाल बोहरालाई पक्राउ गरेको हो ।
गत ८ कात्तिकमा मुगुको छायाँनाथ रारा गाउँपालिकाको मुन्दुगाउँका ८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, आठ वर्षीया छोरी अप्सरा बोहोरा र आठ महिने छोरा रहर बोहोराको सामूहिक हत्या भएको थियो । सम्पत्ति लुटपाटको लागि हत्या भएको प्रहरी स्रोत बताउँछ ।
पक्राउ परेका दुवै मुगुका हुन् । गोर्ख मृतकका आफन्त पर्दछन् । पक्राउ परेकलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया