गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’को दवाव

पेरिस । फ्रान्सले गाजाका लागि मानवीय सहायतासम्बन्धी एक सम्मेलनको आयोजना गरी अक्टोबरमा हमासको आक्रमणपछि प्यालेस्टाइनी भूभागमा इजरायलले बमबारी जारी राखेकाले ‘युद्धविरामका लागि काम गर्न’ उनीहरूलाई मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गरेको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसमा प्रतिनिधिहरूलाई भने, “तत्कालका लागि हामीले नागरिकको सुरक्षाका लागि काम गर्न आवश्यक छ । यसका लागि हामीले चाँडै मानवीय विरामको आवश्यकता छ र हामीले युद्धविरामको दिशामा काम गर्नै पर्छ ।”
हमासको नियनत्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य अभियानले १० हजार ८०० भन्दा बढीको मृत्यु भएको र करिब २७ हजारभन्दा बढी घाइते भएको जनाएको छ ।
गत अक्टोबर ७ मा गाजाबाट इजरायल प्रवेश गरेका हमास लडाकू समूहले एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै करिब २४० जनालाई बन्धक बनाएको इजरायली अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रियामा हमासलाई नष्ट गर्ने प्रतिज्ञा गर्दै इजरायलले ठूलो, निरन्तर बमबारी र जमीनी आक्रमणको साथ जवाफी हमला गर्दै आएको छ ।दशौं हजार सर्वसाधारण गाजा पट्टीको दक्षिणतर्फ भागेका छन् ।
गाजाको नागरिक मामिला हेर्ने इजरायली सैन्य अधिकारी मोशे टेट्रोले बिहीबार भने, “गाजा पट्टीको नागरिक अवस्था सजिलो छैन, तर राज्यले कुनै मानवीय सङ्कट देखेको छैन ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार ‘हाम्रा बन्धकहरूको रिहाई बिना युद्धविराम हुन नसक्ने’ बताएका छन् । म्याक्रोँंले भने, “लडाइँ जारी रहँदा दिन प्रतिदिन मानवीय अवस्था झन् झन् बिग्रँदै गएको छ ।”
नोभेम्बर १० र ११ मा हुने वार्षिक पेरिस शान्ति मञ्चको अवसरमा बिहीबारको सहायता सम्मेलन आयोजना गरिएको थियो ।
धेरै युरोपेली देशहरू, इजिप्ट र प्यालेस्टिनी प्रतिनिधिहरू र धेरै सहायता समूहहरूको सहभागिता भए तापनि अरब संसारका कुनै पनि सरकार प्रमुखहरू उपस्थित भएनन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया