पहिलो त्रैमासमा शिवम् सिमेन्टको कुल आम्दानी घट्यो, ५ करोड ३४ लाख नोक्सानमा
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो त्रैमास (साउन-असोज) सम्मको वित्तिय विवरणअनुसार शिवम् सिमेन्टको कुल आम्दानी घटेको छ । शिवम् सिमेन्टले असोजसम्ममा १ अर्ब ६४ करोड ८८ लाख ३६ हजार कुल आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भन्दा कम हो । गत वर्षको सोही अवधिमा शिवमले १ अर्ब ८४ करोड ७९ लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको थियो ।
कुल आम्दानी घटेसँगै पहिलो त्रैमासमा कम्पनीले नोक्सानी व्योहोरिएको छ । कम्पनीका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा कम्पनीले नोक्सानी व्योहोर्नुपरेको हो । असोजसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गएको आर्थिक वर्षको यही अवधिमा भने कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोजसम्ममा कम्पनीको कुल खर्च १ अर्ब ७० करोड २५ लाख रुपैयाँ पुगेको छ, गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च १ अर्ब ५७ करोड ७४ लाख थियो ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक देखिएको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ४.८६ प्रतिशतले ऋणात्मक छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया