पहिलो त्रैमासमा शिवम् सिमेन्टको कुल आम्दानी घट्यो, ५ करोड ३४ लाख नोक्सानमा
काठमाडाैं । चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो त्रैमास (साउन-असोज) सम्मको वित्तिय विवरणअनुसार शिवम् सिमेन्टको कुल आम्दानी घटेको छ । शिवम् सिमेन्टले असोजसम्ममा १ अर्ब ६४ करोड ८८ लाख ३६ हजार कुल आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भन्दा कम हो । गत वर्षको सोही अवधिमा शिवमले १ अर्ब ८४ करोड ७९ लाख ४५ हजार रूपैयाँ आम्दानी गरेको थियो ।
कुल आम्दानी घटेसँगै पहिलो त्रैमासमा कम्पनीले नोक्सानी व्योहोरिएको छ । कम्पनीका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा कम्पनीले नोक्सानी व्योहोर्नुपरेको हो । असोजसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गएको आर्थिक वर्षको यही अवधिमा भने कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोजसम्ममा कम्पनीको कुल खर्च १ अर्ब ७० करोड २५ लाख रुपैयाँ पुगेको छ, गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च १ अर्ब ५७ करोड ७४ लाख थियो ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक देखिएको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ४.८६ प्रतिशतले ऋणात्मक छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया