घुससहित पक्राउ परेका झापाका सर्वेक्षक र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको नापी कार्यालयबाट घुससहित नियन्त्रणमा लिएको तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गत २९ असोजमा कार्यालयका सर्वेक्षक देव नारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरू द्वयले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस मागेको विषयमा आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानबिन गर्दा ७० हजार नगद र ५५ हजार रूपैयाँको चेक लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।
यो प्रकरणमा ठाकुरसहित अर्का सर्वेक्षक सुवास चन्द्र यादवको पनि मिलेमतो रहेको अनुसन्धानमा भेटिएको छ ।
आयोगले उनीहरू तीनैजनाको मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न/गराउन घुस लिएको जनाएको छ ।
उनीहरू त्रयलाई एक लाख २५ हजार रुपैयाँ बिगो मागसहित जरिवाना र कैद सजाय माग गर्दै आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया