कर सप्ताहमा सचेतनामूलक कार्यक्रम
चितवन । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो ।
मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने भट्टराईले जानकारी दिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ र तीनका वस्तुगत संस्थासँग गरिनेछ ।
मङ्सिर ७ गते उद्योग र वाणिज्य तर्फका दुई उत्कृष्ट करदातालाई सम्मान गरिनेछ । योसँगै आर्थिक ऐन २०८० ले दिएको कर सुविधाका विषयमा करदातालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
भट्टराईका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले कार्यालयलाई रु सात अर्ब ४० करोड नौ लाख ८६ हजार लक्ष्य दिएकोमा रु पाँच अर्ब २२ करोड नौ लाख ३० हजार राजस्व संकलन गरेको उनले बताए ।
राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण अनुत्पादक क्षेत्रमा लगानी हुनु रहेको भट्टराईले बताए. । उनले भने, ‘आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा कमी आयो । नेपालको लगानी अनुत्पादक क्षेत्र शेयर बजार र जग्गामा गएर अड्कियो ।’ यस कार्यालयमा ६३ हजार करदाता रहेका छन् ।
ताजा अपडेट
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना


प्रतिक्रिया