माइतीघरमा रोकेपछि दुर्गा प्रसाईले मागे दरबारमार्ग

काठमाडौं । माइतीघर–बानेश्वर क्षेत्रमा आन्दोलन निषेध गरेपछि व्यवसायी दुर्गा प्रसाईले दरबारमार्ग क्षेत्रमा कार्यक्रम गर्न दिन मागेका छन् । तर, जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छैन ।
स्रोतका अनुसार चक्रपथ क्षेत्रमा कार्यक्रम गर्न प्रस्ताव गरिएको छ । माछापोखरी क्षेत्रमा कार्यक्रम गर्न उनलाई सुरक्षा निकायले आग्रह गरेको छ ।
उता एमालेका युवा–बिद्यार्थीले भने तीनकुनेमा कार्यक्रम गर्ने तय गरेको छ । एमालेले भक्तपुरबाट ठूलो जुलुस निकाल्ने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार माइतीघर–बानेश्वरलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
दुवै पक्षले ७ मंसिरमा विरोध प्रदर्शनको कार्यक्रम राखेपछि सुरक्षा निकाय तनावमा परेका हुन् ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया