NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

बल्खुमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले मंसिर ७ गते गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शनस्थल तोकिएको बताए ।

युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो। उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ। प्रसाईं पक्षले भने बल्खुमा प्रदर्शन गर्ने भएको छ।

कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।