बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

काठमाडौं । बीबीसीले सन् २०२३ काे विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।
जसमा नेपालबाट रुक्साना कपाली परेकी छन् । उनी ट्रान्सजेन्डर मानव अधिकारकर्मी हुन् । उनले लिङ्ग र विविधताको अधिकारका लागि सामाजिक सञ्जालमा आवाज उठाउँदै आएकी छिन् ।
बीबीसीको यो सूचिमा मानवअधिकार वकिल अमल क्लुनी, हलिउड अभिनेत्री अमेरिका फेरेरा, नारीवादी आइकन ग्लोरिया स्टाइनम, पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामा लगायत पनि समेटिएका छन । यसअघि बीबीसीकाे सय प्रभावशाली महिलाकाे सूचीमा नेपालबाट सपना राेका मगर परेकी थिइन् ।
प्रतिक्रिया