NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायल र हमासबीच सम्झौता : पहिलो चरणमा ५० जना बन्धक रिहा गरिने

एजेन्सी । इजरायल र हमासबीच पहिलो चरणको सम्झौता भएको छ । जसमा इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

रिहा गरिने ५० बन्धकहरू इजरायली नागरिकता वा दोहोरो नागरिकता भएकाहरू हुने अपेक्षा गरिएको बीबीसीमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

बेलायत र अमेरिका लगायत धेरै देशहरूले आतंकवादी समूह मानेको हमासले अक्टोबर ७ मा इजरायलबाट करिब २४० जनालाई अपहरण गरेको थियो।

५० बन्दी मुक्त भएपछि इजरायलले प्रत्येक एक दिन युद्दविराम लम्ब्याएवापत हमासले १० जना बन्दी छाड्ने सहमति भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

हमासले पनि सम्झौताबारे विज्ञप्ति जारी गरेको छ । हमासका अनुसार यो सम्झौताले मानवीय सहायता, चिकित्सा आपूर्ति र इन्धन बोकेका सयौं ट्रकलाई गाजामा प्रवेश गर्न अनुमति दिनेछ।