NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एपीवानले मानेन दुर्गा प्रसाईंको अन्तरवार्ता प्रसारण गर्न, भूषण दाहाल रूष्ट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते उद्घाटन गर्ने भनिएको ‘नागरिक बचाउ अभियान’  यतिबेला चर्चामा छ ।

यही अभियानको उद्घाटन गरेर संघीय गणतान्त्रिक व्यवस्था नै उल्ट्याउने लक्ष्य प्रसाईंले लिएका छन् ।

देशभरबाट नागरिक भेला गरेर उनले आयोजना गर्न लागेको विरोधसभाको सर्वव्यापी आलोचना भइरहेको छ । यही चर्चा र आलोचनाबीच उनीसँग लिइएको अन्तर्वार्ता एपिनाव टेलिभिजनले प्रशारण नगर्ने भएको छ ।

एपिवानबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘द ब्राभो डेल्टा शो’का प्रस्तोता तथा चर्चित सञ्चारकर्मी भूषण दाहालले तयार भइसकेको उक्त अन्तर्वार्ता प्रसारण नहुने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफ्नो ३५ वर्षको टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार भएको कार्यक्रम व्यवस्थापनले रोकेको भन्दै आक्रोश प्रकट गरेका छन् । उनका अनुसार उक्त कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवला दिँदै प्रसारण नगरिने जानकारी प्राप्त भएको छ ।

व्यवस्थापनको यो निर्णयमाथि खेद प्रकट गर्दै उनले उक्त कार्यक्रम साझाकथा युट्युब च्यानलमार्फत आज राति ८ बजे प्रशारण हुने जानकारी दिएका छन् ।

कार्यक्रमको १२३ औं एपिसोड रहेको उक्त अन्तर्वार्ताको प्रोमो पनि सार्वजनिक भइसकेको थियो । जसमा प्रसाईंले आफ्नोे आन्दोलनको उद्देश्य के हो भन्नेबारे बताएका छन् ।