NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

युवा संघ र दुर्गा प्रसाईका कार्यकर्ताबीच ढुंगामुढा

काठमाडाैं । बल्खुमा युवा संघ र दुर्गा प्रसाई कार्यकर्ताबीच झडप भएको छ । दुर्गा प्रसाई समूहको लागि तोकिएको क्षेत्रमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच ढुंगा हानहान भएको हो ।

जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।

राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, सहकारी, लघु वित्तलगायतको ऋण मिनाहा हुनुपर्नेलगायत माग राखेर दुर्गा प्रसाई समूह आन्दोलनमा  उत्रिएका छन् ।