दुई महिनादेखि इन्स्पेक्टर सम्पर्कविहीन, गृह मन्त्रालयले निकाल्यो सूचना
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।
असोज १ गतेदेखि आफूखुशी गैरहाजिरमा रहेका भट्टराइको स्थायी ठेगनामा खोजतलास गर्दा फेला नपरेपछि ७ दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरको सूचनामा ७ दिन भित्र चित्तबुझ्दो स्पष्टिकरणसहित उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया