NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

दुई महिनादेखि इन्स्पेक्टर सम्पर्कविहीन, गृह मन्त्रालयले निकाल्यो सूचना

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) टंक भट्टराईलाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

असोज १ गतेदेखि आफूखुशी गैरहाजिरमा रहेका भट्टराइको स्थायी ठेगनामा खोजतलास गर्दा फेला नपरेपछि ७ दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरको सूचनामा ७ दिन भित्र चित्तबुझ्दो स्पष्टिकरणसहित उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।