NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

कमलदहलाई पर्यटकीय क्षेत्र बनाइने

सिरहा । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक एवं ऐतिहासिक कमलदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हरिबोधिनी एकादशीका अवसरमा तीन दिनसम्म लाग्ने ऐतिहासिक कमलदह मेलाको बिहीबार उद्घाटन गर्दै मन्त्री सिंहले कमलदहको विकासका लागि आफूले पहल गर्ने बताए। ‘यो दह आफैँमा ऐतिहासिक छ । यस क्षेत्र पौराणिक तथा धार्मिक आस्थाको केन्द्र पनि हो‘, उनले भने, ‘उपेक्षामा परेको यस दहको विकास गर्न सकिए देशकै नमूना पर्यटकीय गन्तव्य बन्नसक्छ ।’

हरिबोधिनी एकादशी मेलाका दिन नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत लाखौंको सङ्ख्यामा श्रद्धालु भक्तजनको यहाँ भीड लाग्ने गर्दछ । पौराणिक एवं धार्मिक महत्व बोकेको कमल फूलको नामले परिचित कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकाङ्क्षा पूरा हुने मुख्य धार्मिक जनविश्वास रहिआएको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा विगतका वर्षमा झैँ यस वर्ष पनि नेपाल र भारतका पहवानहरूको कुस्ती, मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम रहेको समितिले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष