दुर्गा प्रसाईंले दर्ता गराए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् ।
उनले भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका हुन् ।
बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी प्रसाईं नेतृत्वले राष्ट्र बचाउ अभियानले प्रदर्शन गरेको थियो । त्यसक्रममा झडपसमते परेको थियो । प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढासमेत भएको थियो ।
प्रसाईँले तीनकुनेमा निरन्तर प्रदर्शन गर्ने घोषणा गर्दै नेता र बैंकका सीईओहरुमाथि आक्रमण गर्ने धम्की दिएपछि गृह प्रशासनले आज सुरक्षा व्यवस्था कडा बनाउँदै उनको घर वरपर सुरक्षा निगरानी बाक्लो बनाएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया