जीवित श्रीमानको मृत्यु दर्ता बनाएर एकल महिला भत्ता !
काठमाडौं । श्रीमान जीवित हुँदै मृत्यु दर्ताको प्रमाणपत्र बनाएर एकल महिला भत्ता खुवाएको आरोपमा रामेछाप, मन्थली नगरपालिका वडा नं ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसहित दुईजना विरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खत्रीले आफ्नो जीवित श्रीमानको मृत्यु दर्ता गराई एकल महिला भत्ता लिएको आयोगले जनाएको छ ।
सचिव महतोले बद्नियतपूर्वक सूचनाको आधिकारिकताबारे छानबिन नै नगरी एकल महिला परिचयपत्र बनाउन लिखत तयार पारिदिएका हुन् । आयोगका अनुसार सचिव महतोले बनाइदिएको लिखतकै आधारमा खत्रीले ४५ हजार २२० रुपैयाँ लिएकी छिन् ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको ४५ हजार दुई सय बीस रुपैयाँ बिगोसहित, कैद सजायको मागदाबीसहति आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया