युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित
काठमाडाैं । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् ।
काठमाडाैंमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाललगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियाले उद्योग क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया