जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ ।
उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो । औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनले भने, ‘पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।’
विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए ।
उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् । कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया