बुढानिलकण्ठका इन्जिनियर ८० हजार घुससहित रंगेहात पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राई घुससहित पक्राउ परेका छन् ।
घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
प्रतिक्रिया