डडेल्धुरा पुग्दा ओलीले सम्झिए देउवा, फोन मार्फत भने ‘जय नेपाल’ (भिडियो)
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर डडेल्धुरामा छन् । १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानका क्रममा डडेल्धुरामा रहेका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्झिएका छन् ।
डडेल्धुरामा रहँदा उनले देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् । देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।
‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका ओलीले फोनमा भनेका छन्, , ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ ।’ उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि १’ भनेर सोधेका छन् ।
नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ हिजोदेखि आरम्भ गरेको हो । यात्राको ओलीले शुभारम्भ गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया