NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो ।