निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरिएको हो।
निर्वाचनमा सहभागी हुने पार्टीले यही मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समय भित्र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को अनुसूची १२ बमोजिम निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ ।
निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनामा भनिएको, ‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ (एघार) गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ ।’
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया