सैनिकलाई बलात्कार मुद्दामा फसाउन खोज्ने युवती पक्राउ

काठमाडौं । नेपाली सेनाका एक कर्मचारीलाई आफ्नै साढु दाईले युवती प्रयोग गरी बलात्कार मुद्दामा फसाउने प्रयास गरेका छन् । त्यस्तो घटनामा प्रहरीले युवतीलाई पक्राउ गरेको छ ।
नेपाली सेनाका कर्मचारी राजनबहादुर बस्नेतलाई उनका साढु दाई रामेछाप उमाकुण्ड घर भई काठमाडौं बस्ने जयन्त थापाले फसाउने प्रयास गरेका हुन् । एक युवतीलाई बस्नेतविरुद्ध बलात्कारको उजुरी हाल्न लगाई उनले फसाउने गरेका हुन् ।
त्यसरी प्रयोग भएकी युवती कञ्चनपुर बेलडाँगीकी अनिता रोकायलाई प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघातको मुद्दा चलाएको छ । जयन्तलाई फरार अभियुक्तका रुपमा प्रतिवादी बनाइएको हो । बस्नेतसँग पैसा भएकाले सोही रकम हात पार्न उनीहरुले बलात्कारको उजुरी दिएर ब्लाकमेलिङ गरेका हुन् । यसका लागि थापाले नै युवतीलाई पैसा दिएका थिए ।
कोटेश्वरको मितेरी गेष्ट हाउसमा बलात्कार भएको भन्दै प्रहरीमा युवतीले उजुरी दिएकी थिइन् । पछि बस्नेत त्यहाँ पुगेको पुष्टि नभएपछि घटना नक्कली भएको र ब्लाकमेलिङ गरिएको पुष्टि भएको हो ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया