अब लुम्बिनी प्रदेशका कर्मचारीलाई महिनावारी विदा
काठमाडौं । अब लुम्बिनी प्रदेशका निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारी बिदा दिइने भएको छ ।
सो निर्णय प्रदेश सभाबाट पारित भएर प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । बिदा सरकारले नियमावलीबनाएर पारित गरेपछि लागू हुनेछ ।
यसअघि महिला कर्मचारीले भैपरी आउने, पर्व विदा, घर विदा, बिरामी विदा, प्रसुति तथा प्रसुति स्याहार विदा, मृत्यु संस्कार विदा, अध्ययन र असाधारण विदा पाउँदै आएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया