मिसन ८४ अभियान नेपाली जनताको हो : अध्यक्ष ओली
भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।
समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले साँढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए । उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्नेमा जोड दिए ।
गत मङ्सिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया