नेताका कमजोरी देखाएर व्यवस्थामाथि प्रहार भयो : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने बताए । उनले भने, “नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैनन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन ।”
उपमहासचिव पुनले गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका खम्बा भएको र एउटा कमजोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गरे । व्यवस्था सञ्चालनका क्रममा विकृति र विसङ्गति देखिएको स्वीकार गर्दै उनले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी, कालोबजारी, दलालीकरण तथा सामन्ती अवशेषका रुपमा रहेको मिटरब्याजी समस्या समाधान गरेका कारण त्यस्ता धन्दाबाट लाभ लिइरहेका व्यक्ति आतङ्कित भएको बताए ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया