NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

यस वर्ष पनि चन्द्रागिरी हिल्सले शेयरधनीलाई लाभांश नबाँड्ने

काठमाडौं । चन्द्रागिरी हिल्सले यस वर्ष पनि शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले यस वर्ष पनि लाभांश नबाँड्न निर्णय गरेको हो । कम्पनीले १४ औँ वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको गरेको छ ।

सभा चन्द्रागिरी हिल्सको काठमाडौं थानकोटस्थित कार्यालयमा मध्याह्न १२:३० बजेबाट सुरु हुने जनाएको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्दैछ ।