NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

महिलाको हत्या गरी विदेश भागेका व्यक्ति छ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।

ंप्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार दुईजनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिए ।

अधिकारी भने चोरी मुद्दामा विसं २०७९ कात्तिक २९ गते पक्राउ परी तीन वर्ष कैद सजाय पाएर हाल केन्द्रीय कारागार सुन्धारामा रहेको प्रहरीले जनाएको छ ।

“अधिकारीले मृतक तिमल्सिनालाई भूपु आर्मीसँग विवाह गराइदिने प्रलोभन देखाएर रू १५र२० हजारसहित गरगहना लगाई आउनु भन्दै फोन गरी बोलाएको र बल्खु खोलामा लगेर हत्या गरेको खुल्न आएको छ”, केसीले भने । विश्वकर्मासँग अधिकारीको मृतक तिमल्सिनाको हत्या गर्ने दिन मात्रै चिनजान भएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।