NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चार्ल्स युनिभर्सिटीमा गोली चल्दा १५ को मृत्यु, २५ घाइते

एजेन्सी । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक बन्दुकधारीको आक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घटनामा कुल १५ जनाको मृत्यु भएको हो ।

बीबीसीले जनाए अनुसार बिहीबार मानविकी संकाय ९आर्टस् फ्याकल्टी०को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेका थिए । अधिकारीहरूले भनेका आधुनिक चेक इतिहासको सबैभन्दा घातक आक्रमण भएको बताएका छन् ।

युनिभर्सिटीका प्रोफेसर सर्गेई मेदवेदेवले बीबीसीलाई भनेका छन्, ‘गोलीबारी सुरु हुँदा म विश्वविद्यालयको एउटा अडिटोरियममा थिएँ। ूमैले त्यसबेला भाषण दिइरहेको थिएँ । सुरुमा के भयो थाहा भएन किनभने म मेरो भाषणमा केन्द्रित थिएँ ।’

राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा भएको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष