गरिमा विकास बैंकले शेयर धनीलाई १० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयर धनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष ०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
गत बुधबार बसेको सञ्चालक समितिको २९७औं बैठकको निर्णयानुसार शेयर धनीलाई लाभांश वितरण गर्न लागिएको गरिमा विकास बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने बैंकको तयारी छ ।
हाल यो बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रूपैंया १४ पैसा छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि चुक्ता पुँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभरका १२३ शाखा र ५१ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया