NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।