प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
यसअघि दिउँसो तीन बजे सम्बोधनको कार्यक्रम तय भए पनि कारणबस दुई घण्टा सारेर पाँच बजे सम्बोधन हुन लागेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए।
सम्बोधनका क्रममा उनले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा जानकारी दिने बताइएको छ ।
प्रचण्ड गत वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया