राष्ट्रिय सहकारी बैंकले माग्यो विभिन्न पदमा १०० कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले १०० कर्मचारी माग गरेको छ । स्थायी सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी बैंकले व्यवस्थापक, अधिकृत र सहायक तहमा १०० कर्मचारी माग गरेको हो ।
बैंकले कनिष्ठ सहायकमा सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जनाका लागि विज्ञापन गरिएको छ । व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत र प्रमुख व्यवसाय अधिकृत १/१ जनाका लागि आवेदन खुलाइएको छ ।
आवेदन यही पुस २५ गतेभित्र वेबसाइटमार्फत दिन सकिने बैंकले जनाएको छ । प्रतिस्पर्धालाई भने बैंकले संकुचित पारेको छ । उम्मेदवारको उमेर हद कम राखेर बैंकले प्रतिस्पर्धालाई खुम्च्याएको हो । सहायक तहको अधिकतम उमेर २५ वर्ष र अधिकृतको ३० वर्ष तोकिएको छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया