राष्ट्रिय सहकारी बैंकले माग्यो विभिन्न पदमा १०० कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले १०० कर्मचारी माग गरेको छ । स्थायी सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी बैंकले व्यवस्थापक, अधिकृत र सहायक तहमा १०० कर्मचारी माग गरेको हो ।
बैंकले कनिष्ठ सहायकमा सबैभन्दा धेरै ६० कर्मचारी माग गरेको छ । त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जनाका लागि विज्ञापन गरिएको छ । व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत र प्रमुख व्यवसाय अधिकृत १/१ जनाका लागि आवेदन खुलाइएको छ ।
आवेदन यही पुस २५ गतेभित्र वेबसाइटमार्फत दिन सकिने बैंकले जनाएको छ । प्रतिस्पर्धालाई भने बैंकले संकुचित पारेको छ । उम्मेदवारको उमेर हद कम राखेर बैंकले प्रतिस्पर्धालाई खुम्च्याएको हो । सहायक तहको अधिकतम उमेर २५ वर्ष र अधिकृतको ३० वर्ष तोकिएको छ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया