दानवीर दम्पतीले नेत्रज्योति संघलाई दिए २ करोडको जग्गा
गलेश्वर । म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६, दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।
रोका दम्पतीले सङ्घलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन् । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले सङ्घका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे ।
हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको सङ्घलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । सङ्घको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।
यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया