NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

मिर्मिरे लघुवित्तले सेयरधनीलाई कति बाँड्दैछ लाभांश ?

काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नगद लाभांश घोषणा गरेको छ । लघुवित्तलेगत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले हाल  कायम चुक्तापुँजीको करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।